अब दलितले छोएको नखाने होइन नेता ज्यु भ्रष्टचारीले छोएको नखाने संस्कार बसाल्नु पर्दछ -अनिल गुरुङ

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाली इतिहांसमा कहिल्यै नमेटिने त्यो दर्दानक जनयुद्दाको अन्त्य पछि पनि लामो समय सम्म अन्यौलमा रहेको स्थानिय निकायको निर्वचान अन्ततगोत्व एउटा निकै ठुलो राष्ट्रिय महत्वको पर्वको रुपमा नेपाली जनताहरुको बिचमा छिट्टै आउदै छ। पटक पटक कहिले मलमास त कहिले शान्ति सुरक्षाको समस्य र यो र त्यो भन्दै १९/२० वर्ष देखि पर सर्दै आएको यो पर्वलाई यस पटक चहिँ धूमधामका साथमा मनाउनको लागि नेपाल सरकार आफै जोडतोडका साथ लागि परेका छन्। मानौ न्वारनको तागत लगाएर कस्सिएका छन्।


यो एउटा पर्व मात्र होइन। हामीले २०७४ साल माघ ७ गते भित्र अरु थप दुई वटा पनि गरि सबै तीन वाटै पर्बहरु जुनसुकै मुल्य चुकाएर भए पनि मनाउनै पर्ने हुन्छ। सम्पन्न गराउनै पर्ने हुन्छ। किन कि यदि यसो भएन भने भगवान रिसाउदा भन्दा पनि अझै ठुलो अनार्थ हुने अनुमान लगाउन सक्छौ। १७०० भन्दा धेरै नागरिकले बलिदान दिएर ल्याएको “लोकतान्त्रिक गणतन्त्र” भन्ने शब्द हराउन पनि सक्छ। दुनियाँ मै सर्वोउत्कृष्ट भनिएको वेद ( संविधान ०७२ ) नै निष्कृय हुन सक्छ। यो सबै कहानी पशुपति र सिंहदरवार वरिपारीका हनुमान, काजी र पाजीलाई अवगत भएकै कुरा हो यधापी चार जात छत्तिस बर्णको हाम्रो देशमा आफ्नो आफ्नो व्यक्तिगत स्वार्थ र पदलोलुप्तका कारण अझै पनि यो पर्वको समर्थन गर्न नखोज्ने अथवा यसैलाई हतियार बनाई व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्ने जमातहरु पनि त्यति नै पाइन्छ।

कतै सिमाङ्कनको आगो फैलाइएको छ भने कतै धर्म, भाषा, र संस्कृति आगो लगाइएको छ। केहि जाने बुझेका नेताहरु आफ्नो व्यक्तिगत फाइदा जे जे गर्दा सजिलो संग प्राप्त हुन्छ त्यतै तिर गरिब, निमुखा र सोझा जनतालाई प्रयोग गर्दै अथवा लडाउदै स्वार्थ पुरा गरि रहेका छन्। आज राज्यले दल र पार्टी भनिने कानुनी रुपमा बाँडिएको लाईसेन्स नै मुलुकको उन्नति र प्रगतिको मुख्य तगारो बन्न पुग्यो। भौगोलिक, सामाजिक तथा जन संख्यात्मक रुपमा तुलना गर्ने हो भने विश्व मै धेरै दल_पार्टी, सभासद र मन्त्री भएर पनि अविकासित र गरिब राष्ट्रको पहिलो सुचीमा पर्न सफल राष्ट्रको रेकर्ड नै कायम गरि सक्यो भने मुलुकको स्वभिमान र सार्बोभौम_अखण्डताको त कुनै विषय नै रहेन।
किनकी भारत नेपाल सिमामा लाखौ हेक्टर जग्गा मिची सके। चुपचाप निदाएको सरकार र सरोकारवालाहरु बिच कयौं नागरिकहरु शहिद भै सके। के यहि हो सु:शासन ?
यदि केहि गर्नु पर्छ भन्ने तिब्र ईक्छा शक्ति र इमानदारिता भयो भने लोडसेडिङ जस्तो अपत्यरिलो/सत्य सफल्ता पनि पाइदो रहेछ त्यसैले एउटा विवेकशील नागरिक जसको दायित्व जहिले पनि मुलुकको सु:शासन र अार्थिक क्रान्ति गराउनु भन्दा केहि हुन सक्दैन भने व्यक्ति हीतको लागि दल र पार्टीको झण्डा लिएर समाज र राष्ट्र परिवर्तनको कुरा गर्नु हात्तीको देखाउने र चपाउने दाँत जस्तै हो। आर्थिक तथा सामरिक शक्तिलाई फर्केर हेर्दा विश्व आज मंगलग्रहमा मानव बस्ती बसाल्ने योजना गरि सके तर लुटतन्त्रमा लिप्त हाम्रो समाज भ्रष्टचारबाटै शीर उठाउन सकि रहेको छैन।

मुलुकको आर्थिक विकास गरि समुन्नत नेपालको परिकल्पन गर्ने घोषणापत्र बनाएर मात्रै कहिल्यै राष्ट्र बन्दैन। राष्ट्र विकास र सम्पन्न बनाउनको लागि अब “दलितहरुले छोएको होइन, भ्रष्टचारीहरुले छोएको नखाने” प्रथाको संस्कार बसाल्नु पर्दछ। हरेक अस्पताल र सार्बजनिक स्थानहरुमा भ्रष्टचारी बहिस्कारको अभियान चलाउनु पर्दछ। वर्षौं देखि फितालो र अति कम्जोर रहंदै आएको हाम्रो देशको कानुनलाई सुधारी यस्ता देशद्रोहीहरुलाई न उम्किने गरि सर्वोस्व सहित आजिवन जेल वा परि आए मृत्युदण्डको सजायं दिन पनि पछि पर्नु हुदैन। निल्नु न ओकाल्नु भएर झन्डै ३ करोड जनताको घाँटीमा वर्षौ देखि अड्किएको यस्ता धर्तीका बोझहरुलाई जहिले सम्म हटाउदैनौ तब सम्म नेपाली जनताको भविष्य सागरबाट मोती टिप्नु जस्तै हो।

अन्तत: पर्व ( स्थानिय निकायको निर्वाचन ) मर्यादित र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नु गराउनु आम नागरिकको पहिलो दायित्व पनि हो यसमा कुनै दुई मत छैन। आफ्ना समस्य र मुद्दाहरु एकै छिन थाती राखेर प्रकृयामा आई समस्यको समधान गर्नु एका तिर छ भने अर्को तिर विवेकपुर्ण निर्णय लिई राष्ट्रिय सहमतिमा मुलुकको पुनर्निर्माण र आर्थिक क्रान्तिको निमित्त अगाडी बढ्नु आजको अपरिहार्य परिस्थिति हो। नेपाली जनता अब न गधालाई धोएर गाई बनाउछु भन्ने १८औं र १९औं शतब्दिका भेडा हुन न त भित्तामा सिँग तिखार्दैमा बलियो छु भन्ने गौरु नै हुन। अब नेपाली जनता २१औं शताब्दीका विवेकशील र शीक्षित जनता हुन जसलाई चलाउने कोशिस मात्रै गर्यौ भने भोलिका दिनमा लेन्डुपे हनुमानहरुको लागि न्युक्लियर बम्ब बनेर नेपाली जनताको परिचय दिन पनि पछि पर्ने छैन। मेयर र बाँकी अरु पदका लागि खाई राखेको जागिर छोडि उमेदवारीको लागि फाल हाल्नुको अर्थ जुन दिन थाहा पाउछन आम सोझा जनताले त्यस दिन जिउदै खाल्डोमा गाड्ने छन् फटाहहरु। ख्याल राखे हुन्छ।

त्यसैले म र मेरो नै सबै थोक राम्रो हो अनि जे गर्नु पर्छ म र मेरै लागि गर्नु पर्छ भन्ने भावना समय मै त्यागेर राष्ट्रको समग्र हीतको लागि सोच्नु राम्रो होला नेता ज्यु,! भनिन्छ साढे सातको दशा बाजा बजाएर आउदैन। करिब तीन करोड जनताले थुकेको तिम्रो लास अन्तिम पटक आर्यघाटमा जलाउनको लागि पनि न पाउनु होला। देस र जनता नै तिम्रा अन्न दाता हुन भन्ने कुरा कहिल्यै न भुले राम्रो हुन्छ अनि यो देसलाई आफ्नै घर सम्झेर स्यहार_सुसार गर्नु डेरा समझेर होइन। अन्तिम निर्णय सम्पुर्ण भ्रष्टचारी नेता तथा कर्मचारीको हातमा।

Related Posts: