ट्रम्पलाई पछि पार्दै चौथो पटक विश्वको सबैभन्दा शक्तिशाली बने पुटिन

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, ९ बैशाख । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चौथो पटक विश्वको सबैभन्दा प्रभावशाली नेताको रुपमा पुनः उदाएका छन् ।
फोव्र्स म्यागेजिनले सन् २०१७ का लागि सार्वजनिक गरेको मत सर्वेक्षणमा विश्वको सबैभन्दा प्रभावशाली नेताको सूचीमा पुटिन फेरि चौथोपटक पहिलो सूचीमा परेका हुन् ।

विश्वकै प्रभावशाली दोस्रो सूचीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन् । तेस्रोमा जर्मन चान्सलर एन्जेला मार्केल र चौथोमा चीनका राष्ट्रपनि सि जिन पिन रहेका छन् ।


भर्खरै विदा भएका निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामा फोब्र्सको ४८ औं सूचीमा रहेका छन् । बेलायतका प्रधानमन्त्री थेएरसा १३ औ स्थानमा परेकी छिन् भने फ्रान्सेली राष्ट्रपति फ्रान्कोसिस होल्यान्ड २३ औं स्थानमा परेका छन् । जापानी प्रधानमन्त्री सिन्जो अबे ३७ औं सूचीमा परेका छन् ।

गैर राजनीतिक क्षेत्रबाट विश्वको प्रभावशाली सूचीमा माइक्रोसफ्टका फाउण्डर बिल गेट्स सातौं स्थानमा परेका छन् । गुगलका फाउण्डर ल्यारी पेज आठौं र गुगलका को फाउण्डर सार्गे बेरिन ३० औं स्थानमा परेका छन् ।


Related Posts: