एमाले अब सरकारविरुद्ध यसरी अघि बढ्ने भयो, संशोधन प्रस्ताव फेल गराउन एमालेले बोलायो विपक्षी ९ दल को बैठक - See more at: http://www.lightnepal.com/87143/#sthash.lSFjG0Y5.4SRHyXYo.dpuf

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसँगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसँगै निश्क्रिय रहेको थियो ।
तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ ।


दिउँसो १ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ । -

Related Posts: