मोर्चाका कार्यकर्ताले निर्वाचन सामग्री खोसेपछि राजविराजमा तनाव

भिडियो सहित हेर्नुहोस !
Advertisement


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचन प्रयोजनाका लागि शनिबार राजविराजमा सञ्चालन गरिएको मतदाता शिक्षासम्बन्धी कार्यक्रम बिथोलेका छन् ।

राजविराजस्थित केअमाबिमा सञ्चालित मतदाता शिक्षासम्बन्धी तालिमस्थलमा प्रवेश गरी मोर्चाका कार्यकर्ताहरुले तालित सामग्री खोसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए । सो क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा मोर्चाका नेताहरु विनोद यादव, शम्भु यादव लगायत घाइते भएको मोर्चा सप्तरीका युवा नेता निरज मुक्तिले बताए ।


यसैबीच, प्रहरीले आफ्ना कार्यकर्तालाई बल प्रयोग गरी घाइते बनाएको विरोधमा बेलुकी पौने ५ बजेदेखि मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरी कार्यालय अगाडि मेनरोडमा टायर बालेर प्रदर्शन गर्नुका साथै सवारी आवागमनमा समेत अवरोध पुर्‍याएका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीको विरोधमा नाराबाजी गरेका छन् । इकान्तिपुर बाट

Related Posts: