दक्षिण कोरियामा एक नेपाली कामदार सोमबार बिहान झुन्डिएको आवस्थामा फेला परेको छन् । थेगुस्थित ख्यङसान मेङजिन फोजाङ कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारी कम्पनीको आवास गृहको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको थेगु सेल्टर संचालक चन्द्र लामाले बताए । २२ वर्षीय अधिकारी इपीएसमार्फत कोरिया आएका थिए ।
अधिकारीको शवसंगै सुसाइड नोट पनि भेटिएको थियो । नोटमा 'मेरो मुटुको रोग उपचार गर्दा पनि ठिक भएन म डिप्रेशनको शिकार भएको छु , मेरो परिवारले कसैको केही बिगारेको छैन , मेरो बैंकमा भएको पैसा नेपाल पठाइदिनु , बाँकी पैसाले बहिनीलाई सिक्री किनिदिनु , परदेशको जीवन यस्तै रहेछ, सबैलाई आइ लभ यु , आइएम सरी भनी लेखिएको कोरियन भाषा अनुवादक यज्ञराज सुवेदीले बताए ।
अधिकारी आइतबार राति १० बजेसम्म फेसबुक चलाइरहेको र अन्धकारमा खिचेको फोटो फेसबुकमा अपलोड गरी मेरो जीवन लेखिएको उनका साथीहरुले बताए । उनी कार्यरत कम्पनीमा १० जना नेपाली छन् । अधिकारी कोठामा एक्लै बस्दै आएका थिए । केहीअघि मात्र कम्पनीले लैजाने सामूहिक पार्टीमा अधिकारी निकै खुशी हुदै नाचेको उनका साथीहरुले बताएका छन्।
नेपाली दूताबासबाट घटनास्थलमा अहिलेसम्म कोही पनि आइनपुगेको सँगै काम गर्ने साथीहरुले बताए ।
कोरियामा झुन्डिएरु आत्माहत्या गर्नेको संख्या उच्च छ । यस्ता घटनालाई न्युनीकरण गर्न दूताबासलगायत विभिन्न नेपाली संघसंस्था र चिकित्सकहरु बेलाबेला विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो , लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम…Read More