वैशाख १२, २०७४- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले संविधान संशोधन प्रस्ताव जे भएपनि दोस्रो चरणको निर्वाचन कुनै पनि हालतमा नरोकिने दाबी गरेका छन् ।
काभ्रेका राजनीतिक दल र नागरिक समाजसँगको अन्तरक्रियामा बोल्दै उनले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने अपेक्षा गरे । ‘हामीले सधैं सकरात्मक कुरा मात्रै सोच्नुपर्छ, मधेसी दलहरु पनि निर्वाचनमा आउनुहुन्छ भन्ने अपेक्षा छ,’ यादवले भने, ‘संशोधनमा सहमति/असहमति जे भएपनि जेठ ३१ को निर्वाचन कुनै पनि हालतमा रोकिन्न ।’
सरकारले परिमार्जनसहित संविधान संशोधन विधेयक पेश गर्ने भएपछि मात्रै मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सकारात्मक भएका थिए । सोही आधारमा सरकारले दोस्रो चरणको निर्वाचन मिति घोषणा गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले र केही मधेसवादी दलहरुले नै संविधान संशोधनका बुँदामा असहमति देखाइसकेका छन् । तसर्थ उनले निर्वाचन मिति तोक्ने र सार्ने अधिकार सरकारलाई मात्रै भएकाले आयोगका केही बाध्यता भएको बताए ।
जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था भएको भन्दै प्रश्न उठेपछि प्रमुख आयुक्त यादवले त्यसलाई पनि संशोधनमार्फत समाधान गर्नुपर्ने बताए । ‘जेठ १५ गते नै बजेट ल्याउने हो भने पनि केके कुरा राख्ने र के नराख्ने भन्ने कुरा आयोगसँग सरकारले परामर्श गर्नुपर्छ,’ यादवले भने, ‘जनतालाई प्रभावित गर्ने गरी नयाँ कार्यक्रम ल्याउन पाइँदैन ।’
उनले एकिकरणबाट आएको राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति नेपाल लगायतका दललाई पार्टीगत चुनाव चिह्न दिन कानुनी अड्चन रहेको भन्दै समाधान खोजिरहे पनि सम्भावना नरहेको तर्क गरे ।
आचारसंहिता उल्लघंन नगर्ने प्रतिबद्धता जिल्लामा कृयाशिल राजनीतिक दल तथा नागरिक समाजका अगुवाले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोगले धुलिखेलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सामूहीक प्रतिद्धता व्यक्त गरेका हुन् ।
प्रमुख आयुक्त यादवले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने जिम्मेवारी राजनीतिक दल र नागरिक समाजको भएको तर्क गरेका थिए । आचारसंहिता उल्लंघन नगरी नमुना जिल्ला बनाउन पनि उनले सबैमा आग्रह गरे ।
मिडियाको भूमिकाको प्रशंसा गर्दै उनले निर्वाचनको वातावरण र सुनिश्चितता मिडियाकै कारण भएको दाबी गरे ।
दार्जीलिङ घटनामा सिक्किमको विरोधभारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार,…Read More