विश्वयुद्ध लड्ने नेपाली दस्ता: सन् १९१५ मा टुँडिखेलमा भेला भएका गोर्खा सैनिक । त्यतिखेर चलिरहेको प्रथम विश्वयुद्धका लागि भारत सरकारको आह्वानमा भरियाहरुसहित हजारौँको संख्यामा सैन्य दस्ता भारत पुगेको थियो । विश्वयुद्धको समाप्तिसँगै ६० हजारभन्दा बढी गोर्खा सैनिक बेलायती सेनामा भर्ना भएका थिए ।