दार्जीलिङ घटनामा सिक्किमको विरोध

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापक, समाजसेवी एवं राजनीतिज्ञहरू एक ठाउँमा उभिएका छन् । आफ्नो सदियौंदेखिको भाषामाथि प्रहार गरी वंगाली भाषा लाद्ने सरकारी निर्णयको विरोध गरेका दार्जिलिङबासीमाथि सुरक्षाकर्मीले बर्बरता प्रदर्शन गरेको भन्दै सिक्किमेलीहरुले समेत त्यसको विरोध गर्दै उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

सिक्किमका सबै तह र तप्काका मानिसहरूको सहभागितामा जनआन्दोलनलाई समर्थन जनाउन ‘गणतान्त्रिक जनआन्दोलन समर्थन समिति, सिक्किम’ गठन गरिएको त्यहाँबाट सञ्चारकर्मीहरुले जानकारी दिएका छन् । सिक्किमका पूर्व मन्त्री थुकचुङ लाचुङ्पा अध्यक्ष तथा उपाध्यक्षमा वरिष्ठ भाषाविद् तथा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल, सिक्किम सरकारका पूर्व सचिव केएन शर्मा, सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरे र वरिष्ठ पत्रकार केके छेत्री चुनिएका छन् ।

Related Posts: