काठमाडौं, १३ बैशाख । उत्तर कोरियाले जनमुक्ति सेनाको ८५ औं वार्षिकोत्सवसहित मंगलबार ठूलो स्केलमा लाइभ फायर ड्रिल सम्पन्न गरेको छ । अमेरिकाले कोरियाली प्रायदीपमा सैन्य उपस्थिति देखाएर तनाव सिर्जना गरिरहँदा उत्तर कोरियाले त्यसलार्इ चुनौती दिदै मंगलबार ठूलो स्केलमा सैन्य अभ्यास गरेको छ ।
दक्षिण कोरियाको सेनालाई उदृत गर्दै योन्हाप न्युज एजेन्सीका अनुसार कोरियाली जनमुक्ति सेनाको ८५ औं वार्षिकोत्सवको अवसर पारेर उत्तर कोरियाले पूर्वी शहर वनसनमा ‘लाइभ फायर ड्रिल’ सम्पन्न गरेको छ ।
उत्तर कोरियाले सो अवसरमा अमेरिकालाई खुला चुनौती दिदै राजनीतिक या सैन्य आत्मसमर्पणमध्ये एक छनोट गर्न विकल्प दिएको छ ।
यदि अमेरिकाले अझै पनि लापरवाही ढंगले आफुहरुमाथि आमक्रमण गरे आफुहरुले निकै माथिल्लो स्केलबाट अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाले धम्की दिएको छ ।
अमेरिकाले आफुहरुलाई उत्तेजित पारे उसलाई आकाश, जमिन, समुद्र र पानीमूनि सबैतिरबाट आक्रमण गरेर ध्वस्त पार्ने चेतावनी उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाले यस्तो धम्की दिएपछि अमेरिका र दक्षिण कोरियालाई थप तनाव बढेको विश्लेषण गर्न थालिएको छ ।
महारानीको सुरक्षामा नेपाली जेष्ठ ६, २०७४- बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसि…Read More