काठमाडौँ, १२ वैशाख । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट गरेको छ ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले आज जारी गर्नुभएको विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासमेतलाई लिई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा आई सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पु¥याइएको उल्लेख छ । सो सम्बन्धमा सर्वोच्च अदालतमा आज जाहेर गरिसकिएको प्रहरीले जनाएको छ ।
कोमल ओलीलाई अब चाहिएन पोई !लोकदोहोरी गायिका कोमल ओलीले आफूलाई अब पोइ नचाहिने बताएकी छिन् । २०७४ सालको हरितालिका तीजलाई लक्षित गर्दै उनले ‘ओइ शिव ओइ मलाई चाहिएन पोई’ बोलको गीत रे…Read More
आज पृथ्वीबाट नजिक देखिँदै पुच्छ्रेतारापुच्छ्रेतारा (धूम्रकेतु सी-२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्…Read More