यस्तो हुन्छ, ५ अर्व खर्चेर धुर्मस–सुन्तलीले बनाउन लागेको ‘नुमना नेपाल’,नेपालमा मिनी रेल चलाउने धुर्मुस-सुन्तलीको घोषणा

भिडियो सहित हेर्नुहोस !
Advertisement


२२ जेठ । काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा ‘एकीकृत नमुना बस्ती’ निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेलविश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ भन्ने नाराका साथ धुर्मुस सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’को अवधारणा आज सार्वजनिक गरेको छ । ‘नमुना नेपाल’ महत्वाकांक्षी प्रोजेक्ट हो ।

‘नुमना नेपाल’ सम्पूर्ण नेपाल नै अटाउने ‘मिनी नेपाल’ को अवधारणा हो । नमुना नेपाल पाँच सयदेखि एक हजार रोपनीमा निर्माण हुने छ । जसमा नेपालका सबै विशेषता समेटिने प्रयास गरिनेछ । उनीहरुले आफूहरूले मात्रै नमुना नेपाल निर्माण गर्ने नभई यदि सरकार र आमनेपाली सबैले सहयोग गरेको खण्डमा ‘नमुना नेपाल’ बनाउन सकिने बताए ।

धुर्मस–सुन्तली आफुहरुले सरकारलाई नै सघाउनका लागि काम गरिरहेको बताउँछ । ‘जति काम गरेका छौ सरकारलाई सघाउनकै लागि गरेका छौं,’ उनीहरुले भने, ‘सरकारलाई बलियो र दरिलो बनाउनु हरेक नागरिकको कर्तव्य हुन्छ । सरकार बलियो नबनाए देश बलियो बन्दैन ।’

यस्तो हुने छ नमुना नेपालनमुना नेपालले पुरै नेपालको झल्को दिने बताईएको छ । नमुना नेपाल नेपालमा पर्यटन बिकाश र एउटा अनुसन्धान केन्द्र समेत बन्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले बताए । नमुना नेपाल देश भरीका सम्पुर्ण जातजातीहरुको सांस्कृतीक प्रतिनिधित्व हुने गरी निर्माण गरिने र प्रत्येक जातजातीको एक गरीब र पिछडिएको परिवार छानेर बस्तीमा ल्याईने बताइएको छ ।

नुमना नेपालमा एउटै कम्पाउण्ड भित्र हिमाल, पहाड र तराईको संरचना सहित देशका सम्पूर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पिडित परिवारहरुको बास स्थान हुने छ । सुन्दर पर्यटकीय गन्तव्य र देशकै गौरवको परियोजनाकारुपमा नमुना नेपाल बनाइने छ । नमुना नेपाल भित्र विभिन्न धर्म संस्कृतिका भिन्न भिन्न केन्द्रहरु ,सम्पुर्ण नेपालको पहिचान झल्कने विशाल राष्ट्रिय संग्रालय, भुकम्पले भत्काएको धरहराको सम्झनामा आकर्षक धरहरा भ्यू टावर, हिमाल पहाड तराई जोड्ने मनोरञ्जनात्मक मिनी रेल सेवा, खेल मैदान, विद्यालय, सामुदायीक भवन, अतिथी गृह, चमेना गृह, स्वास्थ्य केन्द रहने छन् ।

अवधारणा सार्वजनिक कार्यक्रममा धुर्मसले के भने ?

सोमबार अवधारणा सार्वजनिक कार्यक्रमा कट्टेलले यसलाई पर्यटन र मनोरञ्जनका साथै अध्ययन र अनुसन्धानको केन्द्रसमेत बनाइने बताए । उनले यस परियोजना नेपाली मन र नेपाली धनले बिकसित नेपाल बनाउन सकिन्छ भन्ने उदाहरण समेत नमुना नेपाल हुने धारणा राखे । उनले सबैले साथ दिए सबैको प्रतिनिधित्व हुने गरी नमुना नेपाल जसरी भएपनि बनाइछाड्ने बताए ।

अवधारणा सार्वजनिक कार्यक्रममा उनले सरकारले जग्गा उपलब्ध गराइदिने भनेको बताउँदै यदि सरकारले जमिन उपलब्ध नगराएको खण्डमा पनि आफुहरुले नमुना नेपाल निर्माण गरिछाड्ने प्रतिवद्धता व्यक्त गरे । अहिलेसम्म आफुहरुले निर्माण गरेका नमुना बस्ती सहयोगी मनहरुको सहयोगमा भएको भन्दै नमुना नेपाल निर्माणमा पनि सहयोगी मनहरुले विश्वास गर्ने उनको भनाई थियो ।

अनुमानित ५ अर्ब चाहिने, कसरी जुट्छ यत्रो रकम ?कट्टेलले सरकार र सबैको सहयोगमा नुमना नेपाल बनाइने बताए । ‘नेपालमा ३ करोड भन्दा बढी जनसंख्या छ, यदि प्रतिब्यक्ति २०० रुपैया मात्र पनि उढ्यो भने ६ अर्व रकम संकलन हुन्छ’ सहयोग जुटाउने सन्र्दभमा उनले भने ‘अहिले पनि बिदेशी भुमिमा ४० देखी ४५ लाखको हाराहारीमा नेपालीहरु छन्, उहाँहरुले प्रतिब्यक्ति नेपाली २ हजार मात्र सहयोग गर्नुभयो भने ८ देखी ९ अर्व सहयोग उठ्छ, हामीलाई त जम्मा ५ अर्व त चाहिएको हो नि ।’ यो परियोजना हरेक नेपालीको सपना भएको बताउदै उनले सहयोग उठ्नेमा आफु आशावादी रहेको बताए ।

कहाँ बन्छ ‘नमुना नेपाल’ ?‘नमुना नेपाल’ कहाँ बनाउने भन्ने चाहिँ टुंगो लाग्न सकेको छैन । फाउण्डेसनका अनुसार पर्यटकलाई मध्यनजर गर्दै काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुर, मकवानपुर वा तराई हिमाल र पहाड सबैलाई पाएक पर्ने हिसावले निर्माण गरिने छ । परियोजनाका लागि सरकारले ५ सय देखी १ हजार रोपनी जग्गा उपलब्ध गराउने बताएको छ । नुमना नेपाल निर्माणमा भौतीक पुर्वाधार तथा आर्थिक साहायताका लागिसरकारले समेत सहयोग गर्ने बताइएको छ । परियोजना निर्माण शुरु भएको २ देखी ४ बर्षमा सम्पन्न गर्ने फाउण्डेसनको लक्ष्य छ ।
‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन् ।

Related Posts: