हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाउन खोज्नुको कारण के ?

भिडियो सहित हेर्नुहोस !
Advertisement
 वैशाख १२, २०७४- भूकम्पले त्रासदी मच्चाएको दुई वर्ष व्यतीत हुँदै गर्दा फेरि त्यो दिनको सम्झना गर्न नपरे पनि हुन्थ्यो भन्ने लाग्छ । तर घुमीफिरी त्यही दिन किन बारम्बार आउँछ अनि सम्झाउँछ, तिनै मृतक आफन्त र घाइतेहरूको पीडालाई थप बल्झाउँछ । ९ हजार मानिसको ज्यान लिने त्यो दुष्साहसपूर्ण प्राकृतिक प्रकोपको मारमा सिङ्गो देश नै आँसुको भेलमा डुब्न बाध्य भयो । हजारौं नेपालीले आफ्नो भएको सम्पत्तिमात्र होइन, आफ्नो परिवारका सदस्यसमेत गुमाउनुपर्‍यो । भूकम्पले पुर्‍याएको क्षतिबाट आहत भएकाले अझैसम्म राहत नपाएको अवस्था हामी देख्दैछौं । प्राय: मानिस सुरक्षाका लागि बनाएको आफ्नै घरले चेपिएर ज्यान गुमाउनुपर्‍यो । आफ्नो सम्पत्ति त गयो–गयो, परिवारका सदस्य घाइते भएको र मृत्युवरण गर्नुपरेको दृश्य देख्नुपर्‍यो । वर्षैभरि खुल्लाचौर र सम्म भूभागमा पालको बास खोज्दै भौंतारिनुपर्‍यो । पुराना मक्किएका प्राय: रसुवा, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, नुवाकोट लगायतका जिल्लामा घरहरू बाँकी रहेनन् । पशुचौपाय कति मरे कुनै तथ्याङ्क नै आउन सकेन । अझैसम्म पीडितले राहत नपाएको गुनासो आइरहेको छ । घाइते र पीडितजनमा आवश्यक राहत उपलब्ध गराउँदै भूकम्पबाट सतर्क रहन अवलम्बन गर्नुपर्ने माध्यमको प्रचार–प्रसारमा सबैको ध्यान केन्द्रित हुन जरुरी छ । देशका पुरातात्त्विक सम्पदाको समुचित मर्मत–सम्भारमा ध्यान दिन जरुरी भैसकेको छ ।

 

Related Posts: