भिडियो सहित हेर्नुहोस !
Advertisement
लोकदोहोरी गायिका कोमल ओलीले आफूलाई अब पोइ नचाहिने बताएकी छिन् । २०७४ सालको हरितालिका तीजलाई लक्षित गर्दै उनले ‘ओइ शिव ओइ मलाई चाहिएन पोई’ बोलको गीत रेकर्डिङ गराएकी छिन् । ‘पोइल जान पाम् शिव’ बोलको तीज गीतले चर्चा पाएपछि कोमलले हरेक तीजमा त्यस्तै प्रकृतिका गीत गाउँदै आएकी छिन् । उनले गत वर्षको तीजमा ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भन्ने गीत गाएकी थिइन् ।
सोही गीतमा गायक पशुपति शर्माले ‘दिदी कुरा बुझ्या खोइ, राजनीति गर बरु किन चाहियो पोई’ भनेर पुरुषको स्वर दिएका थिए । गायिका ओली राप्रपाको केन्द्रिय सदस्य पनि हुन् । नयाँ पत्रिकाले छापेको छ ।