भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बसले ठक्कर दिदा एक कलेज छात्राको मृत्यु भएको छ।
बीरगंज–काठमाडौं चल्ने ना.४ ख ४२६२ नम्बरको बसले पैदलयात्री टाइम ईन्टरनेशनल कलेज डिल्लीबजारकी छात्रालाई ठक्कर दएिको हो। बिबिएस दोस्रो बर्षमा अध्ययनरत छात्रा काठमाडौं धुम्बाराही बस्ने सुनसरीकी २३ वर्षीया रबिना चौधरीलाई सोमबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोशित स्थानीयबासीले बसमा तोडफोड गर्न लाग्दा प्रहरीले नियन्त्रण गर्ने क्रममा ढुङ्गा लागेर २ जना प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरु सामान्य उपचार पश्चात कार्यालय फर्केका प्रहरीले जनाएको छ।