बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

भिडियो सहित हेर्नुहोस !
Advertisement


बर्दियाको राजापुरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका शिवप्रसाद चौधरी ९ हजार ४ सय ९७ मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा पनि माओवादी केन्द्रनै विजयी भएको छ। माओवादी केन्द्रकी मन्थला चौधरीले ९ हजार २ सय १९ मत ल्याएर विजयी भएकी हुन्।

राजापुरसँगै माओवादी केन्द्रले बर्दियाका तीन वटा नगरपालिकामा विजय हासिल गरेको छ। बारबर्दिया र मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको हो।

८ स्थानीय तह रहेका बर्दियामा नेकपा एमाले र नेपाली कांग्रेसले समान२-२ स्थानमा विजयी भएका छन्। मतगणना जारी रहेको बासगढी नगरपालिकामा एमाले अगाडि छ।

Related Posts: