परासीका सबै तहको नजिता सार्वजनिक : नेपाली कांगेस अग्रस्थानमा

भिडियो सहित हेर्नुहोस !
Advertisement

नवलपरासी : प्रदेश ५ को परासी क्षेत्रका सात स्थानीय तहमध्ये नेपाली कांग्रेस प्रमुख पदसहित वडामा समेत अग्रस्थानमा छ। जसमा दुई नगरपालिका र एक गाउँपालिकाका प्रमुखमा विजयी भएको छ। एमालेले दुई र फोरम लोकतान्त्रिक तथा माओवादी केन्द्रले एक-एक तहका प्रमुखमा विजयी भएका छन्।

कांग्रेसले रामग्राम नगरपालिका र प्रतापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ। सुनवलमा भने प्रमुख मात्र जितेको छ। उपमेयर एमालेले जितेको छ।

एमालेले बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ। त्यसैगरी माओवादी केन्द्रले पाल्हीनन्दमा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ। सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकले अध्यक्ष जितेको छ। उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। निर्वाचन मत परिणाम अनुसार सबै स्थानीय तहका वडाहरुमा भने मधेसवादीदलसहित माओवादी केन्द्र, नयाँशक्ति, स्वतन्त्र र राप्रपाको मिश्रीत परिणाम आएको छ।

७४ वडा रहेको नगरपालिकामा २९ वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ। २३ मा एमाले, ९ मा फोरम लोकतान्त्रिक, ७ स्थानमा माओवादी केन्द्र र ३ स्थानका वडाअध्यक्षमा राप्रपाले जितेको छ। संघीय समाजवादी फोरम, नयाँ शक्ति र स्वतन्त्रले १÷१ वडाअध्यक्ष जितेका छन्।

तीन नगरपालिका र चार गाउँपालिकामा भएको निर्वाचनमा कुल ७५.१४ प्रतिशत मत खसेको छ। १ लाख ८३ हजार १३ जना मतदाता रहेकोमा कुल १ लाख ३८ हजार ५ सय ५ मतदाताहरु मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो।

Related Posts: