कांग्रेस नेता बास्तोलाको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगिन् राष्ट्रपति

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रपति विद्यादेवी भण्डारीले ४ वर्षदेखि मस्तिष्कघातबाट थलिएका नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । शनिबार ललितपुरको खुमलटारस्थित बास्तोलाको घरमै पुगेर राष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन् ।

बास्तोलाको स्वास्थ्यमा प्रगति, उपचार खर्चलगायतका विषयमा जानकारी लिएको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार मदनकुमार भट्टराईले जानकारी दिए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका बास्तोलाको चार वर्षदेखि अचेत अवस्थामै उपचार भइरहेको छ ।

Related Posts: