मानिसले मानवीयता भुले पछि जे पनि गर्न सक्ने रहेछ | यस्तै भएको छ झापाको दमकमा घरभित्रै एक नाबालिकाको आतातयि, बर्बर र बिभत्स रुपमा हत्या भएको छ । स्थानीय बिद्यालयबाट घर फर्केकी उनको हिजो बेलुका करिब ५ बजे हत्या भएको थियो | घटना भएको थाहा पाए पछी प्रहरीलाइ ७ बजेतिर खबर गरीएको थियो ।
स्थानीय स्कुलमा कक्षा २ पढ्ने हेमकर्ण दाहालकी ९ बर्षिया छोरी गंगा दाहालको धारिलो हतियार प्रयोगबाट बिभत्स हत्या भएको होृ | उनीहरु झापाको दमक वडा नं. २ साविक ४ मा बस्दै आएका छन ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार घरभित्र कोठामा नै टाँउको, कन्चट लगायतका शरिरका भागमा धारिलो हतियार प्रयोग भएका्े देखिएको छ ।
घटना भएको बेला बालिकाको बुबा काम बिशेसले बाहिर गएको र घरमा मृतककी दिदि मात्र रहेको जनाइएको छ । मृतककी आमा बजार गएको र घर आएपछि घटनादेखेर प्रहरीलाइ खबर गरेको बताइन्छ ।
घटनामा संलग्न रहेको आँशकामा प्रहरीले ३ जनालाइ पक्राउ गरेको छ र अनुसन्धान भइरहेको डिएसपी लिम्बुले बताए। एक नाबालिकाको घरमा नै यसरी बिभत्स हत्या हुँदा आफूहरु पनि आश्चर्यमा परेको र आज दिनभरमा घटनाको रहस्य सार्वजनिक हुने लिम्बुले बताए।
बालिकाको निर्मम हत्याले पुरै गाँउ शोकाकुल रहेको छ । नाबालिकाको यसरी बिभत्स हत्या भए पछि सबै स्थानीय आक्रोशित भएका छन |