एक सय १६ जना यात्रु बोकेको सेनाको जहाज वेपत्ता

भिडियो सहित हेर्नुहोस !
Advertisement


एक सय १६ जना यात्रुसहित उडेको एउटा सैन्य जहाज म्यान्मारमा वेपत्ता भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारको स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा म्येइकबाट याङ्गुनका लागि उडेको सैन्य जहाज वेपत्ता भएको हो ।

यात्रुसहितको सैन्य जहाज वेपत्ता भएको पुष्टि म्यानमारको सैनिकले पनि गरेको छ । जहाज वेपत्ता भएपछि अहिले खोजीकार्यलाई तीब्र बनाइएको छ ।

वेपत्ता भएको यो सैन्य जहाजमा १०५ जना यात्रु र ११ जना चालक दलका सदस्य यात्रारत थिए । जहाज वेपत्ता भएको कारण अहिलेसम्म खुलिसकेको छैन । तर मौसमको खराबीका कारण यो जहाज वेपत्ता भएको अनुमान गरिएको छ ।

समाचार अनुसार यो जहाज म्यानमारको दवेईबाट करिब २० माइल पश्चिमको अन्डमान सागरमाथिबाट जहाज वेपत्ता भएको हो ।

वेपत्ता भएको जहाजमा दक्षिण पुर्वी एसियाली देशको दक्षिणी तटीय क्षेत्रमा तैनाथ सैनिकहरुका नातेदार र परिवार रहेका बताइएको छ ।

Related Posts: