१० असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आएपछि मोरङको उर्लाबारीमा जनसागर उर्लिएको छ ।
असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिवार विहान आएका ओलीले उर्लाबारी ७ स्थित बरगाछी चोकमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गरेका छन् । बृहत जनसभा अगाडि उर्लाबारी ६ स्थित राधिका माविको प्रागंणबाट र्याली निकालिएको थियो ।
एमाले निर्वाचन परिचालन कमिटी उर्लाबारीद्धारा आयोजित सभामा ओलीले नगरका मेयर पदका उम्मेद्वार भूपालसिं जिमी, उपमेयर पदकी उम्मेद्वार लक्ष्मी भण्डारीसहित सम्पूर्ण वडाका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गरे । ओली बोल्दा सहभागीहरुले हुटिंग र ताली बजाएका थिए ।
सम्बोधनका क्रममा ओलीले भने– ‘नयाँ ढंगले विकसित उर्लाबारी बनाउने, समृद्ध र विकसित देश बनाउने विजय एमालेको विजय हो । यो विजयलाई कसैले रोक्न सक्दैन् ।’ उनले उर्लाबारीको विजय उत्सवमा आउने प्रतिबद्धता पनि जनाए ।
दोस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलोभन्दा धेरै अगाडि बढ्ने र जितको मार्ग बढाउने उनको विश्वास थियो ।
ओलीले सम्बोधन गरेको चुनावी सभामा हजारौ जनसहभागिता रहेको छ ।
शारारिक सम्बन्धमा चरमसुखका यी ८ रहस्य !एजेन्सी । जब शरीरिक सम्वन्ध राखिन्छ तब शरीरमा उत्तेजना पैदा हुन्छ तब रक्त चाप बढ्छ । रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थालेपछि मांशपेशिको तनाव कम हुन्छ …Read More