बेलौरी, १० असार– प्रधानमन्त्री शेरबहादुर देउवा अहिले ७ नम्बर प्रदेशमा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आफ्नो गृहजिल्ला डडेल्धुरालगायत ७ नम्बर प्रदेशमा हुने चुनावी सभामा सहभागी हुन शुक्रबार नै राजधानीबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदा त्यहाँका जनता खुसी छन् । तर उनको सुरक्षामा खटिने प्रहरीहरुले भने सास्ती खेप्नु परेको छ । सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा हुने चुनावी सभामा देउवा पुग्ने गरेका छन् । जहाँको बाटो कच्ची छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कच्ची सडकको विशेषता नै हो ।
प्रधानमन्त्री देउवा शनिबार विहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट दक्षिणी क्षेत्र बेलौरी पुग्दा पनि प्रहरी अधिकारी तथा कर्मचारीहरुले सास्ती बेहोर्नु पर्यो । प्रधानमन्त्रीको सवारी व्यवस्थापनका लागि सक्रिय ट्राफिक प्रहरीले धुलो र हिलोसँग लडिबुडी गरेर काम गर्नु पर्यो । देउवाको सवारी व्यवस्थापनका लागि सदरमुकाम महेन्द्रनगरबाट बेलौरी पुगेका केही ट्राफिक प्रहरीको मुख समेत धुलोले ढाकिएको थियो । धुलोका कारण आफूहरुले राम्ररी श्वास समेत फेर्न नपाएको उनीहरुले सुनाए ।
प्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र मानिएको बेलौरीमा सडकको अवस्था भने अहिलेसम्म पनि सुधार हुन सकेको छैन । विभिन्न राजनीतिक दलहरुले पटक पटक चुनावी एजेण्डा बनाउने उक्त सडक निर्माणका लागि खास पहल भने कुनै पनि दलले लिन सकेका छैनन् । बाटो नबन्दा सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने सडक छेउमा बस्ने स्थानीय सधैं धुलो र हिलो सहन बाध्य छन् ।
उपचार नपाउँदा सर्पको टोकाईबाट मृत्युश्रावण १६, २०७४- यहाँको चापाकोट नगरपालिका ५ दार्सिङ बस्दै आएका मजदुर १८ बर्षीय मोतिलाल मगरको सर्पको टोकाईबाट मृत्यु भएको छ । कपिलबस्तु शिवगढी नगरपालिक…Read More