के यौन सम्पर्कले पिसाबमा असर गर्छ ? मेरो विवाह भएको चार महिना भयो । एक हप्ता भयो, मलाई पिसाबले च्यापेजस्तो हुन्छ तर पिसाब आउँदैन, रोकिन्छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


के भएको होला ?
तपार्इंले पठाउनुभएको जानकारीलाई आधार मान्दा तपाईंको विवाह भर्खरै भएको छ । तपाईंले थप केही नलेख्नु भएकाले तपाईंका यौन क्रियाकलाप के–कस्ता रहे वा तपाईं कत्तिको सक्रिय रूपमा यौन सम्पर्कमा संलग्न रहनुभयो, थाहा भएन । कतिपय विवाह हुनासाथ केही दिनभित्रै एकै दिनमा कैयौं पटक यौनसम्पर्क राख्ने स्थितिमा पुग्छन् भने कतिपय दम्पतीका लागि सबै तालमेल मिल्न केही समय लाग्छ । तपार्इंले यस्तो लक्षण देखिनुभन्दा पहिले निकै यौनसम्पर्क राख्नुभएको थियो कि थिएन, थाहा भएन । विवाहको केही समयपछि छोटो समयमै धेरै पटक यौनसम्पर्क राख्दा पनि मूत्रथैलीको शोथ वा संक्रमण हुन सक्छ । विदेशमा विवाह पछि दुलाहा–दुलही ‘हनिमुन’का लागि जाने चलन छ र यही समयमा धेरै यौनसम्पर्क हुने र यस्तो समस्या पनि देखिने भएकाले यसलाई Honeymoon Cystitis पनि भनिन्छ । सजिलो रूपमा भन्नुपर्दा यसलाई मधुमासका बेला हुने मूत्रथैलीको शोथ भन्न सकिन्छ ।

किन नवविवाहित महिलामा ?
विवाहको सुरुका दिनमा कतिपय महिलाले मूत्रथैली वा भनौं पिसाबको संक्रमण भएको गुनासो गर्छन्, तर अहिले विवाह भएपछि मात्र यौनसम्पर्क राख्ने चलन हराइसकेको हुनाले विवाहपछि मधुमासका बेला मात्र यस्तो समस्या झेल्नुपर्ने नभै विवाहभन्दा पहिले नै यस्तो स्थिति उत्पन्न हुन सक्छ ।

प्राय:जसो देखिने लक्षण पिसाब वा मूत्रथैलीको संक्रमण लामो समयसम्म पिसाबथैलीमा रहनु वा पूर्ण रूपमा निख्रिन नसक्नु हो । केही स्थितिमा यौनाङ्गको सरसफाइ राम्रोसँग नहुनु पनि कारण हुन सक्छ, तर तपाईंको सन्दर्भमा भने यो लागू नहुन सक्छ । माथि नै भनिसकियो कि भर्खरै विवाह भएको स्थितिमा चाँडो–चाँडो र धेरै पटक यौनसम्पर्क राखिन्छ । यस्तो स्थितिमा संक्रमणको जोखिम पनि बढ्छ ।

कारणवश मलद्वारतिरका जीवाणु योनिद्वारतिर पुगेको स्थितिले मूत्रनली वा मूत्रथैलीको संक्रमण गराउन सक्छ । महिलाहरूको हकमा योनिद्वारदेखि मूत्रथैलीसम्मको मूत्रनलीको लम्बाइ छोटो हुन्छ तर पुरुषको हकमा यो निकै लामो हुन्छ, त्यसै पनि यो समस्या महिलामा बढी देखिन्छ ।

यसलाई कसरी कम गर्न सकिएला ?
यौनसम्पर्कपछि यसरी हुने मूत्रथैलीको शोथलाई कसरी कम गर्न सकिन्छ भन्ने लाग्नु स्वभाविक हो ।
यौनसम्पर्क राख्नुभन्दा पहिले यौनाङ्ग तथा हात राम्रोसँग धुनुपर्छ । यौनसम्पर्कपछि पनि यौनाङ्ग धुनुपर्छ ।
यौनसम्पर्क राखिसकेपछि तुरुन्तै पिसाब फेर्नु लाभदायक हुन्छ, किनभने पिसाब फेर्दा यदि कुनै जीवणु पसेको भए त्यो पनि पखालिन्छ ।

योनि सुख्खा हुँदा पनि समस्या सिर्जना हुने भएकाले चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । शुक्रकीट नाशक वा डायफ्रामजस्ता गर्भनिरोधका उपाय प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । नेपालमा यस प्रकारका गर्भनिरोध सहज रूपमा उपलब्ध नभएकाले यसो गर्न केही गाह्रो नहोला ।
यौनसम्पर्कबाटै परहेज गर्ने सल्लाह त दिनु आवश्यक छैन, तर यौनसम्पर्क कोमल रूपमा र छोटो अवधिका लागि राख्नु सहयोगी हुन्छ । यस्तो समस्या बारम्बार भैरह्यो भने चिकित्सकसँगको सल्लाहमा प्रतिजैविकी औषधी खानुपर्ने हुन्छ । यस्ता औषधी आफ्नै मनले खानु हुँदैन ।

त्यसबाहेक पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्दा पिसाब जहिले पनि सफा होस् । अर्को महत्त्वपूर्ण कुरा दिसा धुँदा हात योनितिर नल्याई पछिल्तिर

Related Posts: