प्रमुख निर्वाचन आयुक्त यादवलाई गृह जिल्लामा नै कालो झण्डा देखाइयो

भिडियो सहित हेर्नुहोस !
Advertisement
 राजविराज । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई गृह जिल्ला सप्तरी मै कालो झण्डा देखाइएको छ । मधेशको भावना विपरीत निर्वाचन गराउन खोजेको भन्दै यादवलाई कालो झण्डा देखाइएको हो । राजविराजमा आयोजित निर्वाचन सम्बन्धी अन्तरक्रियामा भाग लिन पुगेका प्रमुख आयुक्त यादवलाई राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएको हो ।
कडा सुरक्षाका बिच प्रमुख जिल्ला अधिकारीको निवासमा राखिएको अन्तरक्रियामा सहभागी हुन लागेका यादवलाई कालो झण्डासहित अवरोध गरिएको छ । कालो झण्डा देखाउने क्रममा प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएको हो ।
केही बेर अवस्था तनावग्रस्त भएपछि कडा सुरक्षाका बिच अन्तरक्रिया तोकिएको समयभन्दा ढिलो गरी सुरु भएको छ । बाहिर राजपाका कार्यकर्ताहरुले नारावाजी जारी राखेका छन् ।

Related Posts: