जेठ २८ । आइतबार सरकार र राजपाबीच भएको छलफलमा दोस्रो चरणको निर्वाचन भन्दा पहिले मधेसी जनताको माग पुरा हुने गरि संबिधान संशोधन गर्नु पर्ने अडान राखे पछि सरकारले दोस्रो चरणको निर्वाचन अगाडी कुनै पनि हालतमा संबिधान संशोधन नहुने बताए पछि राजपा बिच्किएका छन् | साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आक्रोशित हुदै आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राजेन्द्र महतो आक्रोसित हुदै भने देउवा सरकार ले जसरी पनि दोस्रो चरणको चुनाव गर्छु भन्दै छ कसरी गराउदो रहेछ हामी पनि हेर्छौ,गोलि बारुद चलाएर गर्छ कि कसरी गर्छ ? मधेसी जनता आफ्नो अधिकार को लागि त्यत्रो आन्दोलन गर्यो नाकाबन्दी गर्यो अझै पनि हाम्रो सुनुवाई गरेको छैन ? देउवा २२ बर्ष पहिले पनि माओवादीको पार्टीको माग लाई नबुझ्दा देश १० बर्ष दंद्धमा फस्यो यो सबैलाई थाहा छ यो देउवाको अहंकारले गर्दा भएको हो | फेरी त्यहि दंद्धमा मधेसलाई फासाउँन खोजि रहेको छ | यदि मधेसमा बिस्पोटक अवस्था आयो भने यो देउवा ले केहि गर्न सक्ने वाला छैन मधेसको बिद्रोह कहाँ पुग्छ त्यो सोच्न सकिदैन मओवादी गरेको जस्तो हुदैन मधेसको बिद्रोह | २२ बर्ष पहिले फसाएको देश लाई फेरी पनि फसाउन नखोज्नुहोस |
ढुँगामाथि देवता टुसाउने अलौकिक तीर्थस्थलगलेश्वरधाम (म्याग्दी),। ʿढुँगा टुसाउँदैन, उन्यू फुल्दैनʾ भन्ने प्राचीन नेपाली उखान जनजिब्रोमा प्रचलित भए पनि म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर…Read More