जेठ २१– राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्नका लागि लिखित सहमति माग गरेको छ ।
आइतबार दिनभरी बसेको राजपा नेपालको बैठकले प्रधानमन्त्रीका उम्मेदवार देउवाले मधेशको माग पूरा गराउनका लागि के के गर्ने त्यसको विषयमा लिखित सहमति हुनुपर्ने निष्कर्ष निकालेको सो पार्टीका महासचिव केशव झाले जानकारी गराए ।
तीन बुँदे सम्झौताको आधारमा बनेको यो गठबन्धनलाई समर्थन गर्ने नै हो तर समर्थन गर्नुअघि प्रधानमन्त्रीका उम्मेदवार देउवाले लिखित सहमति गर्नुपर्ने उनले बताए ।
११ वजे प्रधानमन्त्रीका लागि चुनाव हुने भनी राजपा नेपालका नेताहरु विहान ९ वजे नै बैठक बसेका थिए । तर ११ बजेको बैठक एमालेको अवरोधका कारण सरेपछि उनीहरुको बैठक पनि लम्बिएको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्री चयन हुने अनिश्चित भएपछि निर्णय गर्न आफूहरुले हतार नगरेको बताए ।
प्रधानमन्त्रीका लागि मतदान हुने निश्चित भएपछि आफूहरुले निर्णय सार्वजनिक गर्ने बताए । उनले मधेशको माग पूरा गराउन प्रधानमन्त्रीका उम्मेदवार कस्तो गम्भीर रहेको त्यसको प्रतिवद्धता आउनुपर्ने बताए ।
एउटै व्यापारबाट अर्बपति कुनै पनि व्यापार थप फस्टाउनका लागि तीन कुराहरू आवश्यक पर्ने भनेर हामीलाई सिकाइन्छ । पहिलो : कयौं ग्राहकसँग अपिल गर्नु, दोस्रो : अरूभन्दा फरक उत्पादनमा…Read More