काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । एकैमिनेटको अन्तरमा दुईपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शनिबार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३.२ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प सानो भए पनि अलि बढी नै हल्लाएको महसुस भएको स्थानीय बासिन्दाले बताएका छन् । नजिकै केन्द्रबिन्दू भएकाले बढी हल्लाएको हुनसक्ने भूकम्प मापन केन्द्रले जनाएको छ ।
चुनाव सार्न फेरि चलखेल !राष्ट्रिय जनता पार्टीले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनको लागि तीनवटा सर्त अगााडी सारेको छ ।सरकारले गरेको तीन प्रतिवद्धता पुरा नभए…Read More