भिडियो सहित हेर्नुहोस !
Advertisement
सुनसरी जिल्लामा असार १ गते प्रहरी र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका एकजना समर्थकको निधन भएको छ ।
इटहरी नगरपालिका– ८, डुम्रहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । प्रहरीसँगको झडपमा असार १ गते मेहता गम्भीर घाइते भएका थिए ।
राजपाका नेता मनीषकुमार सुमनका अनुसार असार १ गते प्रहरीको लाठी प्रहारबाट घाइते भएका मेहताको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
निधन भएका मेहताको आजै इनरुवामा अन्तिम दाहासंस्कार गरिँदै छ ।