गृहमन्त्री जनार्दन शर्माले अब कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्धको हुने बताएका छन् । आफू उर्जामन्त्री हुँदा भ्रष्टाचारविरुद्ध नै लडेर 'उज्यालो नेपाल' बनाएको जिकिर गर्दै मन्त्री शर्माले देशलाई समृद्ध बनाउनेबाहेक अरु कुनै लक्ष्य नभएको बताए ।
बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले अबको लक्ष्य विकास र आर्थिक समृद्धि भएको उल्लेख गरे । उनले स्थानीय तहमा भ्रष्टाचार हुन न दिने बताउँदै १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए ।
यसैगरी प्रहरीभित्र रहेका समस्या समाधान गरेर जनतालाई ढुक्क भएर जीवन जिउने वातावरण तयार पार्ने उनको उनको भनाइ छ । साथै उनले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आमुल परिवर्तन ल्याउने आफ्नो पार्टीको लक्ष्य भएको बताउँदै माओवादी केन्द्रले भनेको कुरा गरेर देखाएको बताए ।
चिनियाँ नागरिकलाई भोटेकोशीले बगायोआइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ ।मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपा…Read More
चिकित्सा विधेयकमा एमालेको विरोध
अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न सरकार तयार भए पनि प्रतिपक्षी एमालेको विरोधका कारण बुधबारको संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्ष…Read More