नेपाल एउटा मन्दिरले भरिएको देश हो । पुरातात्विक घरानाका मन्दिर र दरबार छन् । तर चीनमा एउटा यस्तो मन्दिर छ जुन बिल्कुलै आकाशमा झुदियेका जस्ता देखिन्छन । चीनको शाङ्सी प्रान्तमा रहेको यो मन्दिर संसारभरिका पर्यटकका लागि अनौठो आकर्षणका रूपमा रहेको छ । यी मन्दिरहरूलाई देखेर एकचोटि जो पनि झस्याङ्ग हुन्छ ।
अप्ठ्यारो पहाड टेको लगाएर उभ्याइएका मन्दिरलाई हावाले हल्लाएर लडाइदेला जस्तो लाग्छ र अनेकौं प्राकृतिक विपदाका बावजुद मन्दिर अझै उभिएकै छन् । इतिहासकारहरूका अनुसार, यो मन्दिर करीब पन्ध्र सय वर्ष पुरानो छ । यसमा बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण छ ।
खासमा यो मन्दिर विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाइएको हो । त्यसैले यत्तिका वर्षसम्म पनि यो नलडिकन बसेको छ ।
महारानीको सुरक्षामा नेपाली जेष्ठ ६, २०७४- बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसि…Read More
कपाल प्रत्यारोपण जेष्ठ ६, २०७४- हाम्रो मुलुकमा आधा दशकयता कपाल प्रत्यारोपणप्रतिको आकर्षण बढेको छ । कपाल प्रत्यारोपण राम्रैसँग भए त आफ्नो पनि आकर्षण पनि बढ्छ नै, तर त्य…Read More