श्रुति पनि मुख खोल्न बाध्य भइन् ‘मेरो शरीर, मेरो मर्जी’

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ २४, २०७४- दक्षिण भारतीय फिल्म र बलिउडमा एक किसिमले सरोबरी नै रुचाइएका नायिकामा पर्छिन् श्रुति हसन । केही दिनयता भने यी सुन्दरीलाई सोसल मिडियामा उडाउनु उडाइएको छ । ती ‘फयानहरू’ को गुनासो छ— श्रुतिले ‘लिप जब’ गराइन् । अर्थात्, प्लास्टिक सर्जरी गरेर ओठ मिलाइन् । यस्तो गुनासो गर्नेहरूले उनका हालैका फोटाहरू सेयर गर्दै ओठमा कहाँकहाँ परिवर्तन देखिएको छ भनेर चिह्न पनि लगाएका छन् ।

अति हुन थालेपछि श्रुति पनि मुख खोल्न बाध्य भइन् । ओठमा कैँची चलाए–नचलाएबारे केही नभनी उनले त्यस्ता व्यक्तिहरूमाथि खनिइन् । एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेकी छन्, ‘यो मेरो अनुहार हो, मेरो शरीर हो । आफ्नो शरीरलाई मैले जे गरे पनि यो कसैको चासोको विषय हुन नपर्ने हो ।

सोसल मिडियामा मान्छेहरूले मेरा बारेमा के लेखे भन्ने कुराको मलाई मतलब छैन । मैले हरेक प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन ।’श्रुति यतिसम्म किन झोक्किएकी हुन् भने, केही समयअघि पनि सोसल मिडियामा उनलाई निसाना बनाइएको थियो, उनी मोटी भइन् भनेर । उनी मोटी त भएकै थिइन्, तर त्यो फिल्मका लागि थियो ।


Related Posts: