एमालेलाई ठुलो धक्का दिए प्रचण्डकी बुहारी बिना मगरले

भिडियो सहित हेर्नुहोस !
Advertisement


कञ्चनपुर जिल्ला स्थित जनज्योति बहमुखी क्याम्पसका प्रमुख भोलानाथ शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शनिबार आयोजित कार्यक्रममा शर्मा माओवादीमा प्रवेश गरेका हुन् ।

शर्मा नेकपा (एमाले) सम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष तथा नेपाल रेल्बे कम्पनीका पूर्व महाप्रबन्धक पनि हुन् ।शर्मासँगै एमालेसम्वद्ध कञ्चनपुर–काठमाडौं सम्पर्क मञ्चकी नेतृ विद्या शर्मा र बुद्धिजीवी श्याम रेग्मी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विद्या शर्मा क्याम्पस प्रमुख भोलानाथ शर्माकी पत्नी पनि हुन् ।

उनीहरूलाई ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालकी पत्नी बिना मगरले एमाले छाड्न लगाएर माओवादी केन्द्रमा प्रवेश गराएकी हुन् ।एमाले छाडेका शर्माले ‘देश र जनताको मुक्तिका निम्ति लड्ने, सर्वहारा वर्गको सच्चा प्रतिनिधि र देशको विकासको ठोस दृष्टिकोण भएको पार्टी माओवादी केन्द्र नै भएको ठहर गरी आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।




कार्यक्रममा माओवादी केन्द्रका नेता वर्षामान पुन, अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, बिना मगर लगायतका नेताहरूको उपस्थित रहेको थियो ।





Related Posts: