भरतपुरमा च्यातिएका मतपत्र कति ? यसरी हुँदैछ गणना

भिडियो सहित हेर्नुहोस !
Advertisement


चितवन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच भरतपुर महानगरपालिकाको मतगणना रोकिएकै स्थलमा च्यातिएका मतपत्रहरु गन्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले च्यातिएका भनिएका मतपत्र गनेर रेकर्ड पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।


आयोगको निर्देशन अनुसार प्रमुख निर्वान अधिकृत कविप्रसाद न्यौपानेले उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा कडा सुरक्षाबीच च्यातिएका मतपत्रको यकिन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

गत जेठ १४ गते मध्यराति एमाले र माओवादीबीच मतगणनामा विवाद हुँदा मतपत्र च्यातिएका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । त्यसलगत्तै मतगणना रोकेर मतगणनास्थलमा शिलबन्दी गरिएको थियो ।

शिलबन्दी खोलेर च्यातिएका मतपत्रको संख्या पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका अधिकारी तथा राजनीतिक दलका प्रतिनिधि बिहीबार दिउँसो मतगणनास्थल कभर्डहल पुगेका थिए ।

४६ जना अवलोकनकर्तालाई आज एक दिनको पासको व्यवस्था मिलाइएको छ । सुरक्षा अधिकारीसहितका प्रतिनिधिहरुले मतपत्र उल्टोबाट हेर्नेछन् र च्यातिए-नच्यातिएका मतपत्र छुट्याएर च्यातिएका संख्या यकिन गर्नेछन् ।

सो स्थानको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीबाट २५-२५ जनाको टोली खटाइएको छ ।
मतपत्र च्यातिनुको दोष एमाले र माओवादीले एकअर्कालाई लगाउँदै आएका छन् ।
निर्वाचन आयोगले घटनाको अनुगमन गरेर प्रतिवेदन बुझाउन सहन्यायाधीवक्ताको नेतृत्वमा टोली चितवन पठाएको थियो तर, सो टोली च्यातिएका मतपत्र नहेरि काठमाडौं फर्किएको थियो ।

Related Posts: