युकेमा बनेको ‘ब्ल्याक समर’को ट्रेलर रिलिज

भिडियो सहित हेर्नुहोस !
Advertisement


नायिका रीमा विश्वकर्मा अभिनित फिल्म ‘ब्ल्याक समर’ को अफिसियल ट्रेलर रिलिज भएको छ । बदला, प्रेम र थ्रीलरको कथा बोल्ने फिल्मलाई एलबी सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ ।

नेपाल रिलिज घोषणा नगरिएको यो फिल्म जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुँदैछ । त्यस्तै, अमेरिकादेखि अष्ट्रेलियासम्म पनि फिल्म रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । यो फिल्म बेलायतको ३७ शहरमा पनि प्रदर्शन हुँदैछ ।

Related Posts: