जेष्ठ २२, २०७४- तीनवटा सफल नमूना बस्ती निर्माण पूरा गरेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौथो परियोजना घोषणा गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरिएको हो । अवधारणा सार्वजनिक कार्यक्रममा कलाकार जोडीले परियोजनालाई ‘अतिमहत्त्वाकांक्षी’ भनी टिप्पणी गरे ।
‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,’ धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सितराम कट्टेलले भने ।
आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आयोजना महत्त्वाकांक्षी भए पनि असम्भव नभएको बताए । उनले मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए ।
कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमरा भूसाललगायतले शुभकामना दिए ।
जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।
चीनको इन्टरनेट एक हप्ताभित्रै नेपालमायसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेको थियो ।अहिले चीनले हिउँको य…Read More