क्यान्सर उपचार स्वदेशमै सम्भव : राष्ट्रपति

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रपति विद्यादेवी भण्डारीले क्यान्सरको उपचार नेपालमै सम्भव रहेको विश्वास व्यक्त गरेकी छन् । हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबार उद्घाटन गर्दै उनले क्यान्सर उपचारका लागि विदेश जानुपर्ने अवस्था कम गर्न अस्पतालको भूमिका उल्लेखनीय हुने पनि बताइन् ।

‘क्यान्सर भन्नेबित्तिकै विदेश नै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता छ,’ उनले भनिन्, ‘विदेश जानुपर्ने अवस्था र बाध्यता यो अस्पतालले कम गरेको छ ।’ कडा रोग उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यता रहेको बताउ“दै भण्डारीले अझै पनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको उल्लेख गरिन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने बताए । जनतालाई सँगै लैजान यसै वर्षमा ‘मेरो वर्ष ः म स्वस्थ मेरो देश स्वस्थ’ अभियान सुरु गरिएको बताउ“दै उनले कडा रोग उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोग पहिचान र उपचार गर्न हरेक रोगको ‘प्रोटोकल’ बनाउन लागिएको जानकारी पनि दिए । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोग उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

भारतको राजीव गान्धी क्यान्सर अस्पतालस“गको सहकार्यमा यो अस्पताल सञ्चालन भएको हो । क्यान्सर उपचार नेपालमै भए पनि जनचेतना अभावका कारण विदेश जाने गरेको सेन्टर अध्यक्ष डा. सुदीप श्रेष्ठले बताए । ‘नेपालमै शल्य चिकित्सा, औषधि तथा केमोथेरापी र रेडियोथेरापी हुन्छ,’ उनले भने, ‘नेपालमा क्यान्सर रोग उपचार हुँदैन भन्ने मान्यता छ, क्यान्सर भएपछि विदेश नै जानुपर्ने मान्यताले समाजमा जरो गाडेको छ ।’

उनका अनुसार एक तिहाइ क्यान्सर निको हुने, एक तिहाइबाट बचाउन सकिने र एक तिहाइलाई लामो समयसम्म बचाउन सकिन्छ । सुरुको अवस्थामा लक्षण केही हु“दैनन् । नेपाल क्यान्सर अस्पतालले म्यामोग्राफी परीक्षणमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।


Related Posts: