कूटनीतिक सम्वन्ध तोड्ने मुलुकसँग यस्तो रिस देखायो कतारले

भिडियो सहित हेर्नुहोस !
Advertisement


। साउदी अरेविया दुवई लगायत विभिन्न ६ मुलुकले कतारसँगको कूटनीतिक सम्बन्धलाई तोडेपछि कतार पनि ति मुलुकसङ्ग चिढिएको छ । उसले ति देशसङ्गको कुटनितिक सम्वन्ध सामान्य बनाउनका लागि आफ्नो वैश्विक नीतिलाई समर्पण नगर्ने प्रण गरेको छ ।कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्लुरहमान अल थानीले कतारमा बढिरहेको संकटलाई समाप्त गर्न आफू राजनीतिक ढंगको पक्षधर भएको बताउँदै यसको सैन्य समाधान नभएको बताए ।

उनले भनेका छन्, ‘हामीलाई यसकारण अलग्याइएको हो किनभने हामी सफल र प्रगतीशील छौं, आतंकवादको समर्थक नभई हामी शान्तिका समर्थक हौं र हामी समर्पणका लागि तयार भएपनि आफ्नो वैश्विक नीतिको स्वतन्त्रतालाई भने कदापी समर्पण गर्नेछैनौं ।’ उसले इस्लामी चरमपन्थको नेतृत्व गर्न पनि अस्विकार गरेको छ ।

यता कतारको विषयमा अोमान भने केही बोलेको छैन । साउदी बिदेशमन्त्री ओमान गएर कुराकानी गर्ने कोसिस गरेपनि ओमानका अधिकारीले अहिलेसम्म कुनै रुची देखाएका छैनन् ।

कतारमाथिको सङ्कटलाई मध्यनजर गर्दै इरानले खाना र पानी दिने प्रस्ताव राखे पनि कतारले अहिलेसम्म यो प्रस्ताव स्विकार गरेको छैन ।

यसै बिच कतारी विदेशमन्त्री शेख मोहम्मद शनिबार मस्को पुगेर आफ्ना समकक्षी सर्गेई लावरोवसँग भेटघाट गर्नेछन् । उक्त भेटघाटमा तात्कालीक अन्तर्राष्ट्रिय मुद्दामा चर्चा हुनेछ ।त्यस्तै कतारको न्यूज नेटवर्क अल जजिरा आफू साइबर हमलासँग जुधिरहेको बताएको छ ।

अल जजिराले आफ्नो ट्वीटमा लेखेको छ, ‘अल जजिरा मिडिया नेटवर्क सबै सिस्टम, वेबसाइट र सोसल मिडिया प्लेटफर्ममाथि साइबर हमला भएको छ ।’



साउदी अरबले भने प्यालेस्टिनी इस्लामी संगठन हमास र इजिप्टमा मुश्लिम ब्रदरहुडसँग सम्बन्ध कतारले तोडेमा जमिन र हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने शर्त राखेको छ ।

यसैबिच बहराइनले संयुक्त अरब इमिरेट्सको तर्फबाट कतारको समर्थनमा बयान दिनेहरुलाई जेलमा हाल्नुपर्ने धम्की दिएको छ भने टर्कीले चाँही कतारको समर्थनमा सैन्य मद्दत दिनेका विरुद्ध कानूनै पास गरेको छ ।

Related Posts: