पहिरो अपडेट : त्रिशुलीमा बेपत्ता ४ प्रहरीमध्ये २ को शव फेला, अन्यको खोजीकार्य जारी

भिडियो सहित हेर्नुहोस !
Advertisement


नारायणगढ मुग्लिन सडकखण्ड पहिरो अपडेट : त्रिशुलीमा बेपत्ता ४ प्रहरीमध्ये २ को शव फेला, अन्यको खोजीकार्य जारी

९ असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरिएपछि बेपत्ता ४ प्रहरी मध्ये २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेपछि उद्धार सुरु गरेको प्रहरीले २ जना प्रहरीको शव फेला परेको छ भने बेपत्ताको पनि खोजीकार्य पनि जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताए ।

उक्त स्थानमा पहिरो हटाएर फर्किदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक पहिरोसँगै राती साडे १ बजे त्रिशुलीमा खसेर वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । त्रिशुलीमा खसेको ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान जिपमा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ थिए ।

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो ।

Related Posts: