नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य तालिम सुरु

भिडियो सहित हेर्नुहोस !
Advertisement

काठमाडौं, १ कात्तिक – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य तालिम सुरु भएको छ । छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको एक सैन्य समुहबीच हिजोबाट उक्त तालिम संचालनमा आएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त तालिम विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार लगायत हिमाली युद्धकला जस्ता विषयमा आधारित रही सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने छ । महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम तथा मुक्तिनाथ ईलाकामा कार्तिक २८ गतेसम्म तालिम सञ्चालन हुने छ ।

यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनुको साथै दुबै देशका सेनाको हिमाली युद्धकला सम्बन्धी क्षमता बृद्धिमा समेत सहयोग पुग्ने सेनाले जनाएको छ ।्

साथै, यस किसिमको संयुक्त तालिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता प्रदान गरी सम्बन्ध अझ बढी मजबुद बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Related Posts: