रेली खोला बगर’की गीतकार कुसुम गजमेरको निधन

भिडियो सहित हेर्नुहोस !
Advertisement


चर्चित गीत ‘रेली खोला बगर’की गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ : ४० मा उपचारका क्रममा निधन गजमेरका सम्झना, चिनो, बाँसुरी, लाहुरे, देउता, पिरती, दुई थोपा आँसु लगायतका नेपाली चलचित्रमा समेत उनका गीत समावेश छन् । विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिएकी कुसुम संगीतकार रञ्जित गजमेरकी श्रीमती हुन्। उनका दुई छोरी र एक छोरा छन्।

रिपोटर्स नेपलडटकमको अनुसार गजमेरका रेली खोला बगर, मोहनी लाग्ला है, के सोचें मैले के भयो अहिले, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, पिरती आफै हुँदो रैछ, विरताको चिनो वीरताको सन्तान, नयाँ नयाँ सजाउँ है सनसारलगायतका गीत चर्चित छन्।

Related Posts: