चितवन | चितवनको भरतपुर महानगरपालिका–१९ मा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आयोग सत्तापक्षको षड्यन्त्रको गोटी बनेको भन्दै एमाले सर्वोच्च अदालत गएको छ । एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली आफूले जितेसकेपछि प्रत्यासी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्ना एजेण्ट प्रयोग गरेर मतपत्र त्यातेको आरोप लगाउँछन् । अदालतले आयोगको निर्णय बदर गर्ने र आफू विजयी हुने विश्वास उनलाई छ । कथंकदाचित अदालतले आयोगकै निर्णय सदर गरेमा भने पुनः मतदानमा भाग लिने र आफू जित्ने दाबी उनको छ । ज्ञवालीसँग भरतपुर प्रकरणबारे काठमाण्डुटुडेले कुराकानी गरेको छ । प्रस्तुत छ ज्ञवालीसँगको कुराकानीको सम्पादित अंशः–
के गरेर समय बिताइरहनुभएको छ ? म विगत ४० वर्षदेखि जनताको बीचमा रहेर राजनीति गर्दै आएको छु । जनताको मायामा उहाँहरुको खाका पोल्टामा हुर्केको मानिस हुँ । जनताकै बीचमा छु । मतदाता र मेरो बीचमा घनिष्ठ सम्बन्ध छ ।
फिल्म रिलिज छाडेर नायिका मलिना अमेरिकातिरफिल्म रिलिजको बेलामा हाराउने र प्रचारलाई बेवास्ता गर्ने नेपाली कलाकारको पुरानै रोग हो। कहिले के त कहिले के बहानामा कलाकार फिल्मको प्रचारमा आउँदैनन्।…Read More
विश्व क्रिकेट लिगमा शरद नखेल्नेआइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले ग…Read More
एनआरएन अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी गैरआवासिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी गुरुङले आफ्नो उम्मेदवारी …Read More