जनाइरहेका बेला अर्को असम राज्यमा पनि आन्दोलन उठेको छ । नेपालीभाषी भारतीयहरुको उल्लेख्य बसोबास रहेको असम राज्यमा दिनहुँजसो दार्जीलिङको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनहरु हुन थालेका छन् ।
शुक्रबार असम गोर्खा विद्यार्थी युनियनले असम-बंगाल सीमामा अवस्थित श्रीरामपुर गेटमा प्रदर्शन गरेको छ । ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका भारतीय विद्यार्थीहरुले गोर्खाल्याण्डलाई समर्थन जनाउँदै ‘मोदी सरकार न्याय गर्’ भन्ने नारा लगाएका थिए ।
त्यसैगरी विहीबार साँझ असमको कोक्राझार, बिज्नी र उर्माङसोमा टर्चलाइट र्याली निस्किएको थियो । प्रदर्शनकारीले दार्जीलिङमा मारिएका तीनजना गोरखालीमाथि श्रद्धाञ्जली अर्पण गरेका थिए ।भारतको पूर्वोत्तर राज्य असममा लामो समयदेखि अलग्गै बोडोल्याण्ड राज्यको माग हुँदै आएको छ ।
पछिल्लो समय दार्जीलिङमा चर्केको आन्दोलनको लप्कोले अब असमलाई समेत तान्न थालेको छ ।
नेपाल आइडलको पहिलो कन्सर्ट आश्विन १, २०७४-म्युजिक रियालिटी सो ‘नेपाल आइडल’ को पहिलो कन्सर्ट शनिबार सम्पन्न भयो । सैनिक मञ्च टुँडिखेलमा भएको कन्सर्टमा सोका टप थ्री प्रतियोगीले प्…Read More