काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिले राज्य कोषबाट मोबाइल फोन किन्ने निर्णयविरुद्ध माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध जुलुस निकालेको छ । क्रान्तिकारीले व्यंग्य स्वरुप काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिलाई एक रुपैयाँ सहयोग संकलन गर्ने घोषणा पनि गरेको छ । काठमाडौं जिल्ला समितिको आयोजनामा अखिल क्रान्तिकारीले शुक्रबार विरोध प्रदर्शन गरेको हो । प्रदर्शनपछि नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष अनिल शर्माले जनताको करबाट मोबाइल किन्ने निर्णय खारेज हुनुपर्ने बताए । मतदातादाई हावादारी सपना देखाएर निर्वाचन जितेको एमालेको असरी अनुहार काठमाडौं महानगरपालिकाको पछिल्लो निर्णयले उदांगो पारेको टिप्पणी उनले गरे ।
काठमाडौं महानगरपालिकाकोे मेयर विद्यासुन्दर शाक्य एमालेबाट निर्वाचित भएका थिए ।
‘काठमाडौंका जनतालाई स्मार्ट सिटीको नारा दिएर चुनाव जितेकाले स्मार्ट मोबाइल किन्नु मतदातालाई उल्लु बनाउने खेल उदांगो भयो,’ शर्माले भने ।
महानगरपालिकाको हालै बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि कम्तीमा ३० हजार रुपैयाँ पर्ने मोबाइल फोन खरिद गर्ने निर्णय गरेको हो ।
अरु स्थानीय तहमा समेत त्यस्तै गलत निर्णय हुनसक्ने आशंका गर्दै उपाध्यक्ष शर्माले त्यसको निगरानी गर्ने बताए
विरोध प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका नेता-कार्यकर्ताहरुले राज्यकोषको ब्रम्हलुट गर्न पाइँदैन, पदाधिकारीलाई मोबाइल किन्ने निर्णय खारेज गर जस्ता नारा लगाएका थिए ।
बाबुराम भट्टराईलाई गोरखाबासीको पत्रबाबुराम भट्टराई (लालध्वज) ज्यू,कुनै राजनीतिक दल र सङ्गठनभन्दा माथि सोच राखेर यो पत्र लेखिरहेको छु । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म र भावन…Read More
फेरि ‘नम्बर वान’ जेष्ठ ६, २०७४- ‘ल्याइदिउँला तिलहरील्याइदिउँला बुलाकी आगौंको सालैमा धपक्कै पियारी’देश चुनावी सरगर्मीले तातेको बेला, त्यो पनि जम्माजम्मी २ हजार सब्सक्रा…Read More
जेठ १५ मै पूर्ण बजेट : अर्थमन्त्री महरा जेष्ठ ८, २०७४- आर्थिक वर्ष ०७४/७५ का लागि जेठ १५ मै पूर्ण बजेट आउने भएको छ । जेठ ३१ गते दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मिति तय भएपछि जेठ १५ ग…Read More