जाडो महिनामा मानिसहरु अण्डाको सेवन धेरै नै गर्छन् । तर गर्मी मौषममा भने अण्डाबाट टाढा रहने चलन देखिन्छ । किन भने अण्डालाई पनि गर्मी खानामा लिने गरिन्छ । तर वास्तविकता भने त्यस्तो छैन । गर्मीमा अण्डा खानु राम्रो कि नराम्रो ?
अण्डामा विभिन्न पोषक तत्व पाइन्छ । खासगरी प्रोटिन भरपुर हुने अण्डा स्वास्थ्यका लागि लाभदायक नै छ ।
कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन । अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ ।
तर अण्डा गर्मीमा खाने कि नखाने ?
यो प्रश्नको जवाफमा चिकित्सकहरु भने गर्मीमा अण्डा नखाने भन्ने कुरा एउटा मिथक मात्र भएको बताउँछन् । अण्डामा गर्मी गराउने तत्व रहेपनि गर्मीमा अण्डा खाँदा कुनै घाटा नहुने चिकित्सकहरुको भनाइ छ ।
नियमित अण्डा खाने बानी छ ? यो पढेपछि छोड्नु हुन्छ
बरु गर्मीमा पनि अण्डा सेवनका विभिन्न फाइदा भएको उनीहरुको भनाइ छ । गर्मी मौषममा अण्डा खाँदा तातो हावा लू बाट बँचिने समेत उनीहरुको भनाइ छ । गर्मीमा शरीरमा आवश्यक पर्ने फ्लुएडको मात्रा पनि यसले सन्तुलित राख्ने चिकित्सकहरुले बताएका छन् । गर्मीमा महसुस हुने थकान मेटाउनका लागि पनि अण्डा सेवन सहायक मानिएको छ ।
कति खाने अण्डा दिनमा कतिवटा अण्डा सेवन गर्ने भन्ने प्रश्न पनि अनुत्तरित छ । चिकित्सकहरुले गर्मी मौषममा २ वटा भन्दा बढि अण्डा सेवन उपयुक्त नहुने बताएका छन् । गर्मीमा अण्डाको सेवन बढी भएमा पाचनमा समस्या हुन सक्ने बताइन्छ ।
तीन चरणको चुनावपछि संविधान संशोधन : नेपाल११ असार विराटनगर । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको तीनै चरणको चुनाव सकिएपछि शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच छलफल गरेर संबिध…Read More
कूटनीतिमा महराका चुनौतिहरु असार ११, २०७४- मुलुकको कूटनीति सञ्चालनको ‘मियो’ अर्थात परराष्ट्र मन्त्रालयको नेतृत्वमा कृष्णबहादुर महरा छन् । सुचना तथा संचार, गृह, अर्थ हुँदै अहिलेको…Read More