कतारमा रहेका नेपाली कामदारको रोजगारी संकटमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


कतारमा रहेका नेपाली कामदारको रोजगारी संकटमा पर्ने भएको छ । साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै रोजगारीमा पनि संकट आएको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कतारमा भारतपछि धेरै कामदार नेपाली छन् । कतारको कुल जनसंख्याभन्दा बढी आप्रवासी छन् । २०५२ सालदेखि नेपाली रोजगारीका लागि कतार जान थालेका हुन् । नेपाली कामदारका लागि विगत दुई वर्षदेखि कतार पहिलो गन्तव्य बनेको छ । कतारमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारी र कामदार पठाउने म्यानपावर व्यवसायीसँग पनि छैन ।

आव २०७२/०७३ मा मात्रै रोजगारीका लागि नेपालबाट डेढ लाखको हाराहारीका युवा कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । चालू आव २०७३/०७४ को १० महिनामै सवा लाखभन्दा बढी युवा कतार पुगिसकेका छन् । हाल पाँच लाखभन्दा बढी नेपाली कामदार कतारमा रहेको सरकारी निकायको अनुमान छ । सेवा सुविधा र तलबको हिसाबले भने हो भने नेपाली कामदारका लागि कतार अन्य देशको तुलनामा राम्रो गन्तव्य होइन ।

नेपाली कामदारका लागि मलेसिया, दुबई, साउदी अरबपछिको सेवा सुविधा भएको देश कतार हो । त्यसमा पनि कतारले विश्वकप फुटबलका लागि तयार गर्दै गरेको भौतिक संरचना निर्माणमा नेपाली कामदारको माग बढी छ । विगत दुई वर्षदेखि मलेसिया, साउदी अरब र दुबईले नेपाली कामदारको माग घटाएपछि कतार जानेको संख्या बढेको हो । सात राष्ट्रको कूटनीतिक सम्बन्ध अन्त्यको निर्णयले नेपालीले पाउँदै आएको रोजगारी गुम्ने खतरा बढेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तमाङले बताए ।

Related Posts: