वुटवल, २५ जेठ । पैसा फोटोकपी गरेर बैंकमा नक्कली नोट साट्दै गरेका युवा अन्ततः प्रहरीको फन्दामा परेका छन् । टवलको मिलनचोकमा रहेको प्रभु बैंकमा पटक पटक नक्कली रुपैँया साटेको सूचनाका आधारमा वुटवलको देवीनगर बस्दै आएका २१ बर्षिय सन्तोष मल्ल पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले एक हजार दरको नोट ३ सय ४९ र ५ सय दरको नोट १ सय ५ थान गरी चार लाख रुपैँया नक्कली नेपाली नोट बरामद गरेको छ । उनले नक्कली नक्कली नोट बनाउन प्रयोग गर्दै आएको गोप्य कोठाबाट नगदसँगै प्रिन्टर, ल्यापटप, पैसा छाप्ने कागजहरु पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद नगदमध्ये १ लाख १५ हजार प्रभु बैंकमा जम्मा भएको थियो । पहिलो पटक एक लाखको गड्डीमा एक हजार, दोस्रो पटकमा १४ हजार रुपैया उनले बैंकमा जम्मा गरेका थिए । बैंकका कर्मचारीले दुई पटक नक्कली नोट जम्मा गर्दा समेत पत्तो नपाएपछि उनले एक लाख नै बैंक काउण्टर पुर्याएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । बैंकका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।
अर्फन हेल्पिङ नामक संस्था सञ्चालन गरेका मल्ल पुस्तक लेखन समेत गर्दै आएका थिए । उनी ओभरसियरका विद्यार्थी समेत हुन् । अन्य कुन कुन बैंकमा मल्लको कारोबार थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रो…Read More
सीमापारिका मतदाता निर्णायक ! सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात् भारतमा छन् । स्थानीयवासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याई खानप…Read More