काठमाडौँ । चितवनको भरतपुर महानगरको मतगणना विवादले व्यवस्थापिका संसदको बैठक आज पनि प्रभावित भएको छ । एमाले सांसदहरुको अवरोधका कारण बिहीबारको व्यभरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने मागसहित एमाले सांसदहरुले अवरोध गरेपछि बिहीबार अपरान्ह एक बजेका लागि बोलाइएको बैठक सुरु भएसँगै अवरुद्ध भएको थियो । बैठक सुरु भएसँगै प्रतिपक्ष दलका सांसदहरुले यथास्थानबाट उभिएर विरोध जनाएका थिए ।
एमालेका संसादहरुसँगै माओवादीका सांसद रामनारायण विडारी समेत बैठकमा नियमापत्ति भने सभामुख घर्तीले अस्विकार गर्नुभएको थियो । सांसदहरु उठेर बैठकमा अवरोध पु¥याएपछि सभामुख ओन्सरी घर्तीले जेठ २१ गते ११ बजे सम्मका लागि स्थगित गर्नुभएको छ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको विवादले गणना रोकिएको छ ।
मतपत्र त्यातेको विवादबारे छानविन गर्न निर्वाचन आयोगका कर्मचारीहरु स्वयं भरतपुर पुगेका छन् भने राजनाीतिक दलहरुसँग छलफल गरेर विवाद टुंगोमा पु¥याउन आयोगले सक्रियता देखाएको छ ।
यसकारण गर्नु हुँदैन एउटै गोत्रमा विवाहगोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि…Read More