फेरी अर्को दुखद सडक दुर्घटनामृत्युको घटना सेलाउन नपाउँदै काठमाडौँको बसुन्धारामा यात्रु वाहक बसले एकजना बृद्धलाई ठक्कर दिएको छ । -

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ,२५ | केहि समय अघि मात्रै जेब्रा क्रसिङमा ठक्कर दिएर एक युवतीको मृत्युको घटना सेलाउन नपाउँदै काठमाडौँको बसुन्धारामा यात्रु वाहक बसले एकजना बृद्धलाई ठक्कर दिएको छ ।

बसुन्धरास्थित ग्रीनसिटी हस्पिटल नजिकै यात्रुवाहक बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा दोलखाका ७५ वर्षिय गुनबहादुर बुढाथोकी घाईते भएका छन् । महानगरीय ट्राफिक प्रहरीका अनुसार विहीबार दिउँसो जेब्राक्रसिङमा उनलाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Related Posts: