सप्तरीमा निर्माणधिन ३ दृष्टिविहीन परिवारको घरका लागि कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ले २ लाख ५० हजार सहयोग गरेका छन् । अमेरिकामा हुने बिभिन्न साँस्कृति कार्यक्रमका लागि केही पहिले अमेरिका उडेका यी कलाकारले कार्यक्रमबाट उठेको रकम जिग्री पाँडे प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।
‘कार्यक्रमको सिलसिलामा भेटिएका अमेरिका निवासी नेपालीले जिग्री पाँडे प्रतिष्ठानको सामाजिक कामबाट प्रभाबित भएर रकम सहयोग गरेको कलाकार सागर लम्साल ‘बले’ बताए । जर्जियामा भएका दुई कार्यक्रममा उपस्थित दर्शकहरुबाट सो रकम जुटेको हो ।
प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले प्रतिष्ठानले थालनी गरेको घर निर्माणका लागी अझै २० प्रतिशत रकम अभाव भएको र अन्य जो कोहि सहयोगी मनहरुले सहयोग गर्न सक्ने बताए ।
साझा : सार्वजनिक यातायातको अबको बाटो मंसिर ११, २०७३- सडक मार्गको बस यात्रा सहर—गाउँमा बस्ने नेपाली जनजीवनको अभिन्न अंग भइसकेको छ । परिवहन व्यवस्थित नहुनाले दिनहुँ बस, जिप, कार र मोटरसाइकल…Read More