गोर्खाल्यान्ड आन्दोलन: जीटीएका सबै सभासदले दिए राजीनामा

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएको खबर अन्नपूर्णमा छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, नारी मोर्चा प्रमुख आशा गुरुङसहित ४३ सभासद्ले राजीनामा दिएको मोर्चाकी नेत्री निरा शर्माले जानकारी दिए । जीटीएमा रहेका ३५ सदस्यमध्ये प्रकाश गुरुङले दुई महिनाअघि नै राजीनामा दिएका थिए ।

Related Posts: