मोरङको बुढीगंगा -५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् । सुरक्षाकर्मी र स्थानीयवासी पनि आगलागी नियन्त्रणमा जुटेका छन् तर आगो नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भन्नुभयो,‘मोरङ, झापा, सुनसरी र सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटिएका छन् करिब पचास प्रतिशत जति आगो नियन्त्रणमा आएको छ ।’ थापाले आगलागीलाई पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो । आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको डिएसपी थापाले बताउनु भयो ।
उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको उद्योग सञ्चालक दिवाकर राठीले जानकारी दिनुभयो । यो उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आउनु भएको छ ।
एसईई परीक्षाको नतिजा असर पहिलो साता काठमाडौं । परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।जेठ…Read More